शैक्षिक क्यालेन्डर (भित्तेपात्रो) सार्वजनिक

Dec 28 , 2018

नारायणगढ, असार ५ । आज भानुभक्त माध्यमिक विद्यालय, नारायणगढका भूतपूर्व विद्यार्थी समितिले यस वर्षको शैक्षिक क्यालेन्डर (भित्तेपात्रो) एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बद्रीप्रसाद अधिकारी Badri Adhikari) प्रमुख अतिथि, प्रधानाध्यापक श्री विष्णुप्रसाद सापकोटा Bishnu Sapkota) विशेष अतिथि, सह–प्रधानाध्यापक श्री टीकाराम सापकोटा Tikaram Sapkota), प्लस टु का संयोजक श्री सञ्जय पाण्डे (Sanjya Sanjay Pandey), शिक्षक–अभिभावक सङ्घका अध्यक्ष श्री आशबहादुर तामाङ, वि.व्य.स.का सदस्यहरू ऋषिराम कोइराला Rishi Ram Koirala), प्रमिला लामिछाने (Parmila Lamichhane) अतिथि रहेको सो कार्यक्रमको सभापतित्व भू.पू. विद्यार्थी समितिका अध्यक्ष श्री दीपक नेपाल (Deepak Nepal) ले गर्नुभएको थियो । श्री शम्भु भण्डारी Shambhu Bhandari) को संयोजकत्वमा दीपक नेपाल, सुमिना जोशी, विधान श्रेष्ठ (Bidhan Shrestha) , शशी श्रेष्ठ (Shashi Shrestha), प्रशान्त पिया (Prashanta Piya), कल्पना गिरी श्रेष्ठ (Kalpana Shrestha) लगायतका क्यालेन्डर प्रकाशन उप–समितिले तयार पारेको क्यालेन्डर विमोचन कार्यक्रमको सञ्चालन भू.पू. विद्यार्थी समितिका सचिव श्री विधान श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य संयोजक श्री शम्भु भण्डारीले दिनुभएको थियो । भूपू विद्यार्थी समितिका सल्लाहकारहरू श्री राजेन्द्र देवकोटा Rajendra (Rajenrda Devkota), श्री हरि भट्ट (Harry Bhatta), सदस्य श्री प्रकाश त्रिपाठी (Tripathi Tripathi), श्री सुनिता श्रेष्ठ (Sunita Shrestha), भूपू विद्यार्थी श्री शान्ति श्रेष्ठ मल्ल (Shanti Shrestha Malla) लगायतको समुपस्थितिमा भव्य रूपमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयले मनाउन गइरहेको स्वर्ण महोत्सवका साथै वर्षभरि हुने कार्यक्रमहरू शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यका साथ सो क्यालेन्डर प्रकाशित गरिएको जानकारी वि.व्य.स. अध्यक्ष श्री बद्री अधिकारीले गराउनुभयो । हामी निकै हौसिएका छौँ । यो साथ र सहयोग विद्यालय, विद्यालय व्यवस्थापन समिति, विज्ञापनदाता, उप–समितिका साथीहरूलगायत सम्पूर्णबाट हामीले पाइरहनेछौँ भन्ने विश्वास लिएका छौँ । सहयोगी हाथहरू सम्पूर्णलाई धेरै–धेरै धन्यवाद ।

© 2018 Aadikabi Bhanubhakta Secondary School. All rights reserved.

Visitor Count Must See Places In Paris

WEBSITE BY BIHANI TECH